इन्सपेक्टर महत मृत्यु प्रकरण : छानबिन समिति गठन

इन्सपेक्टर महत मृत्यु प्रकरण : छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको घटना छानबिन गर्न समिति गठन भएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकको ९ औं नम्बरमा नाम निकालेर बेसिक तालिम गर्न पोखरा पुगेकी सन्तोषी महत शनिवार राति ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–७ लागर्चे घर भएकी महतले सशस्त्रमा जवानदेखि जागिर खाएकी थिइन् । उनले २०७८ मा सशस्त्रको असईमा नाम निकालेकी थिइन् भने २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

गत मंसिर अन्तिममा बेसिक तालिमको लागि उनी पोखरा लामातार गएकी थिइन् । पहिलो चरणको तालिम पोखरामा हुन्छ भने दोस्रो चरणको तालिम एकेडेमीमा हुन्छ । उनी पहिलो चरणको तालिम गर्दै थिइन् ।

प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।