सर्लाही – पांच दिनदेखि बेपत्ता भएका सानुमान जिम्बा ३० फिट गहिरो पानी सुकेको इनारमा फेला परेका छन् । सर्लाहीको हरिवन नगरपालिका -५ निवासी ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेना रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले सोमबार उनलाई सकुशल निकालेको हो ।
गत वैशाख १२ गतेदेखि हराईरहेका जिम्बालाई सोमबार बिहान ३० फिट गहिरो पानी सुकेको ईनारमा स्थानिय बालकले देखेका थिए ।स्थानिय १३ वर्षीय बालक बिवस पाख्रीनले ईनारमा जिम्बालाई देखेपछि ‘भुत भुत’भन्दै गाउँतिर भागेपछि गाउँलेले घटनाबारे थाहा पाएका हुन् ।
देख्नेवितिकै स्थानियले प्रहरीलाई खबर गरेर ईनारमा फ्रुटी, पानी लगायत तल झारेको र जिम्बाले २ लिटर पानी सहित फ्रुटी तत्कालै खाएको स्थानिय समाजसेवी सुरेन्द्र लामाले बताए । ५ दिनदेखि ईनार भित्रै रहेकाले जिम्बाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको हरिवन–५ का वडा अध्यक्ष नागेन्द्र साहले बताए ।




प्रतिक्रिया