साफ यू-१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै

साफ यू-१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साफ यू–१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दैछ। बुधबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ।

नेपालले आइतबार तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो।
त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो।

आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ। प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्।