बिदामा बसिन् न्यायाधीश मल्ल

बिदामा बसिन् न्यायाधीश मल्ल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिसँग वरिष्ठत न्यायाधीश सपना मल्ल प्रधान लामो बिदामा बसेकी छिन् ।

न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर बुधबारदेखि २० बिदामा बसेकी हुन् ।

यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठत न्यायाधीश मल्लले चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेपछि उनी असन्तुष्ट भएकी थिइन् । शर्माको शपथ ग्रहण समारोहमा मल्ल सहभागी पनि भएकी थिइनन् ।