काठमाण्डु– २० दिन लामो बिदापछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल काममा फर्किएकी छन् ।
डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिन (जेठ ५) देखि बिदामा बसेकी मल्ल सोमबार बाट सर्वोच्च अदालतमा फर्किएकी हुन् ।
रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको भन्दै पहिलो नम्वरमा रहेकी मल्ल असन्तुष्ट हुँदै बिदामा बसेकी थिइन् ।
सोमबार उनका दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ ।




प्रतिक्रिया