सपना प्रधानले धरौटी मुक्त गरेका पृथ्वी मल्ल उच्च अदालतद्धारा दोषी ठहर


काठमाण्डु – मदिरा पिएर पैदलयात्री किचेर मारेको अभियोग लागेका पृथ्वी मल्ललाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ । मल्लले मदिराको नशामा चलाएको गाडीले किचेर पैदल यात्री लीला देवकोटाको मृत्यु भएको थियो ।

त्यसपछि उनविरुद्ध काठमाण्डौं जिल्ला अदालतले २०७८ चैत ७ गते ६ महिना कैद र एक हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

सरकारी वकिलको कार्यालयले उनलाई १० वर्ष सजाय माग गर्दै अभियोग पत्र दर्ता गरेपनि काठमाण्डु जिल्ला अदालतले मल्लले लापरवाहीपुर्वक गाडी चलाएको फैसला गर्दै उनलाई ६ महिना मात्र कैद सजाय सुनाएको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजालसले मल्ललाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि पेस गर्न भनेको छ । उनले पाउने सजाय भने अर्को पेसी तोकिएपछि हुनेछ ।

मल्लले पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका भएपनि जिल्लाकै आदेश सदर भएको थियो । तर, सर्वोच्च अदालतमा पुनरावेदन परेपछि भने उनलाई जिल्ला र उच्च अदालतको फैसलाविपरित धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले उनी दम र डिप्रेसनका बिरामी रहेको र कोभिड १९ को उच्च जोखिममा रहेको बताउंदै ५ लाख धरौटीमा मुक्त गर्न फैसला सुनाएपछि त्यो निर्णयको आलोचना भएको थियो ।

न्यायाधीश मल्लले उनलाई छुटाउन अतिरिक्त सक्रियता देखाएको आरोप उनिमाथि छ । अभियुक्त मल्ल २३ मंसीर २०७६ मा अमेरिकाबाट स्वदेश फर्किएका थिए । २७ मंसिरमा मल्ल आफैले चलाएको बा १४ च ६१२३ नम्बरको कारले देवकोटालाई किचेपछि उनको मृत्यु भएको थियो ।

मल्लले अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको प्रमाणित भएको थियो । उनिसंग नेपाली सवारी चालक अनुमतिपत्र समेत नभएको पाइएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीश प्रधान मल्ल सकरात्मक भएपछि उनि धरौटीमा रिहा भएका हुन् । न्यायाधीश प्रधानको फैसलाको त्यो वेला सर्वत्र आलोचना भएको थियो । यसमा ठुलो चलखेलको समेत आशंका छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement