सपना रोका मगरद्वारा विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

सपना रोका मगरद्वारा विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी दिएकी छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया मगरले आफूलाई बस्नेतले अश्लील तस्बीर सार्वजनिक गर्ने धम्की दिएपछि महानगरीय प्रहरी परिसर, काठमाण्डुमा अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन् ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बस्नेतले युट्युबमा मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार परिसरमा जाहेरी दर्ता भएको जानकारी दिए ।

एसएसपी सिंहले अदालतमा पक्राउ पूर्जी लिएर आवश्यक कारबाही अगाडी बढाउने जानकारी दिए । काठमाण्डु बाहिर रहेका बस्नेत अहिले काठमाण्डु उपत्यका बाहिर रहेका छन् । उनको अहिले प्रहरीले खोजी गरिरहेको छ ।

यसअघि सपना र बस्नेत बाबु–छोरी भन्दै सँगै मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाण्डु आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो ।