न्यायाधीश समाजको अध्यक्षमा सपना मल्ल निर्वाचित

न्यायाधीश समाजको अध्यक्षमा सपना मल्ल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छन् ।

आज मंगलबार काठमाण्डुमा भएको साधारण सभाले समाजको अध्यक्षमा सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो ।

समाजको कार्यसमिति सदस्यहरूको पदावधि २ वर्षको हुने भए पनि न्याय परिषद्को सदस्य भएपछि समाजको कार्यसमिति छाड्नुपर्ने भएकाले यसअघिका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले राजीनामा दिएका थिए । त्यसपछि भएको साधारण सभाले सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्ललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल र कोषाध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेती निर्वाचित भएका जनाइएको छ ।

सदस्यहरूमा उच्च अदालतका न्यायाधीश तेजनारायणसिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का रहेका छन् ।