भारतबाट नेपाल आएका दुई जनामा एन्टिबडी पोजेटिभ देखियो

भारतबाट नेपाल आएका दुई जनामा एन्टिबडी पोजेटिभ देखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – भारतबाट नेपाल आएका दुई जनामा कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको छ। भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिको र्यापिड टेस्टबाट कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको हो । उनिहरुलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिएको छ।

एन्टिबडी पोजेटिभ देखिएपछि उनिहरुको स्वाब पिसिआर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल झाले जानकारी दिए । धरनामा पिसिआरबाट कोरोना परीक्षण हुंदै आएको छ।

दिल्लीबाट एक महिनाअघि घर फर्किएका उनिहरु र्यापिड टेस्ट गराउन मंगलवार अस्पताल आएका थिए । दिल्लीवाट सात जना नेपाल आएकोमा पांच जनाको नतिजा भने नेगेटिभ आएको छ ।पोजेटिभ देखिएका दुवै जना पुरूष हुन्।