नवनियुक्त महिला तथा बालबालिका मन्त्री आचार्यले लिए शपथ

नवनियुक्त महिला तथा बालबालिका मन्त्री आचार्यले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् । उनी आजै मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।