काठमाण्डु– ३ नयाँ मन्त्रीले सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
अधिवक्ता तथा अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।

पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बनेका छन्।
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा निर्माण र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।





प्रतिक्रिया