काठमाण्डु– अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन्।
तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने शपथ हुने नहुने भएकाे छ । ५ मन्त्रीको नाम शीतल निवासमा जाँदा मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका तोकिएको थियो । मिश्राको अन्तिम समयमा नाम काटिएकाे छ ।
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी मिश्रालाई प्रधानमन्त्री कार्कीले मन्त्री सिफारिस भएर राष्ट्रपति कार्यालयले नियुक्त नै गरिसकेपछि उनको विवादित पृष्ठभूमि खुलेकाे हाे ।




प्रतिक्रिया