ज्येष्ठ सदस्य केसीको शपथ आज, भोलि अन्य सांसदको, पर्सी प्रधानमन्त्रीको शपथ

ज्येष्ठ सदस्य केसीको शपथ आज, भोलि अन्य सांसदको, पर्सी प्रधानमन्त्रीको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित २६५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।

प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिक तर्फबाट ११० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् । केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

केसीले प्रतिनिधिसभामा निर्वाचित बाँकी २७४ सांसदलाई बिहीबार दिउँसो २ बजे सिंहदरबार पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयn] hgfPsf] 5 .

सांसदहरुले शपथ लिएको भोलिपल्ट अर्थात शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।

चैत १३ गते शुक्रबार शाहले राष्ट्रपति पौडेलसँग शीतल निवासमा प्रधानमन्त्री को पद तथा गोपनीयताको शपथ लिने निश्चित भएको छ । तर, समय भने यकिन भइनसकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।