संवैधानिक निकायका पदाधिकारीहरूको आजै राष्ट्रपति कार्यालयमा सपथ हुंदै

संवैधानिक निकायका पदाधिकारीहरूको आजै राष्ट्रपति कार्यालयमा सपथ हुंदै


काठमाण्डु– संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको आजै सपथ हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र मानवअधिकार आयोगका प्रमुख तपबहादुर मगरसहितका पदाधीकारीको राष्ट्रपति कार्यालय शितल निवासमा बिहान ९ बजे सपथ कार्यक्रम राखिएको छ ।

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीशले र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाउने व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको गणपूरक संख्या नै परिवर्तन गरी अध्यादेश ल्याएर रिक्त विभिन्न पदमा सिफारीस गरेका थिए ।

संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने व्यवस्था अध्यादेशमा ल्याइएको छ ।

यी हुन शितलनिवासमा सपथ खाने पदाधिकारी-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा : प्रमुख आयुक्त : प्रेमकुमार राई,  आयुक्तहरू : जयबहादुर चन्द र
किशोर सिलवाल

मानव अधिकार आयोगमा: अध्यक्ष : तपबहादुर मगर, सदस्यहरू :मनोज दुवाडी, डा.सूर्य ढुंगेल, लिली थापा, मिही ठाकुर

निर्वाचन आयोगमा: आयुक्तहरू : रामप्रसाद भण्डारी र डा.जानकी तुलाधर

वित्त आयोगमा: जुद्ध गुरुङ, अमरराज मिश्र

महिला आयोगमा: अध्यक्ष : कमलाकुमारी पराजुली, सदस्यहरु :कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा

दलित आयोगमा: अध्यक्ष :देवराज विक, सदस्यहरू : मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली
र मेहेले पार्की

समावेशी आयोगमा: अध्यक्ष : मनप्रसाद खत्री, सदस्यहरू :रामचन्द्र जोशी, हरिभक्त जोशी र जितेन्द्र पासवान

आदिवासी आयोगमा:अध्यक्ष : रामबहादुर थापा, सदस्यहरू : मीन श्रीस मगर, मिनसिंह लामा, रीना राना र चरण राई

मधेसी आयोगमा : सदस्यहरू : जिवछ साह, रेणुदेवी साह र विजय गुप्ता

थारू आयोगमा: सदस्यहरू : विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू र भोलाराम चौधरी

मुस्लिम आयोगमा:सदस्यहरु :महमुद्दिम अली, मिर्जा अर्सद बेग