माओवादी केन्द्रमा अग्नी सापकोटा र पम्फा भुसाल उपाध्यक्ष मनोनित, केन्द्रीय समिति बन्यो ५८८ सदस्यीय


काठमाण्डु- नेकपा माओवादी केन्द्रमा दुई जना उपाध्यक्ष थपिएका छन् । हालै सम्पन्न स्थायी समिति बैठकबाट यसअघि उपमहासचिव रहेकी पम्फा भुसाल र निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटालाई उपाध्यक्षमा मनोनित गरिएको हो।

माओवादी स्रोतले दिएको जानकारी अनुसार माओवादीको पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति र बैकल्पिक केन्द्रीय समितिको संख्या समेत टुंगो लागेको छ ।

जस अनुसार पदाधिकारी २२ जनाको बनेको छ । स्थायी समिति ४४ जनाको बनेको छ भने केन्द्रीय समिति ३८६ जनाको बनेको छ । त्यस्तै बैकल्पिक केन्द्रीय समिति २०२ जनाको बनेको छ । यसरी बैकल्पिक सदस्य समेत जोड्दा माओवादी केन्द्रको केन्द्रीय समिति ५८८ सदस्यीय बनेको ।

माओवादी केन्द्रले पोलिटब्यूरो समिति भने बनाएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement