सप्तकोशीमा पानीको बहाव उच्च, ३० वटा ढोका खुल्ला

सप्तकोशीमा पानीको बहाव उच्च, ३० वटा ढोका खुल्ला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५५ मध्ये ३० ढोका खोलिएका छन् । आज बिहानको मापनअनुसार नदीमा दुई लाख २६ हजार ७०० क्यूसेक पानी पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।

नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

पानीको बहाव बढेर गएपछि पूर्वपश्चिम आवतजावत गर्ने सवारीसाधनलाई पालोपालो जाने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल भण्टाबारीका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । हिजोदेखि कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उहाँले बताउनुभयो । दुवैतिरको नहर पनि खोलिएको छ ।
रासस