काठमाण्डु- सप्तरी-२ को प्रदेशसभातर्फका दुबै सिटमा जनमत पार्टीका उम्मेदवारले जित हात पारेका छन् । सप्तरी–२ को प्रदेशसभा क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिश कुमार सिंहले जनता समाजवादी पार्टीक शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् ।
सिंहले १६ हजार ७३४ मतका साथ विजयी हुँदा साहले जम्मा ८ हजार २९२ मत पाए । त्यसैगरी प्रदेशसभातर्फको क्षेत्र नम्बर २ मा पनि जनमतकै महेश प्रसाद यादव विजयी भएका छन् ।
उनले १३ हजार ३२५ मतका साथ जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत पाएका छन् ।




प्रतिक्रिया