सिके राउत पराजित, सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी

सिके राउत पराजित, सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सीके राउत पराजित भएका छन् । राउतलाई पराजित गर्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका छन् ।

उनले २८ हजार ४०४ मत ल्याएका छन् । उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा राउतले केवल ९ हजार ८८० मत प्राप्त गरे ।

जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिभान पार्टीक उम्मेदवार सतिशकुमार सिंहले ३५५७ मत पाएका छन् । उनी जनमतबाटै मधेशको मुख्यमन्त्री भएका थिए ।

यस्तै, कांग्रेसका रामकुमार यादवले २४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले ११२० र मोहम्मद जियाउन रहमान ८८३ मत पाएका छन् ।