सप्तरी-४ मा कांग्रेसको अग्रता

सप्तरी-४ मा कांग्रेसको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – प्रतिनिधिसभा सदस्य सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले तीन सय ९४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

जनता समाजवादी पार्टीका बालकिशोर यादवले दुई सय १५ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासले जानकारी दिए ।

जनमत पार्टीका सुखदेव साहले दुई सय मत ल्याएका छन् । सर्वदलीय बैठक बसेर आज दिउँसोबाट यहाँ मतगनणा सुरु भएको थियो ।