सप्तरी – सप्तरीमा १६ जना कोरोना संक्रमित थप भएका छन् । बलान बिहुल गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार संक्रमितहरु गाउँपालिकाको वडा नम्बर २ का १ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ५ का ७ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् ।




प्रतिक्रिया