सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो


कठमाडौं – सप्तरी जिल्लामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२१ पुगेको हो ।

सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement