महाकालीमा पानीको बहाब १ लाख क्युसेक नाघ्यो, शारदा ब्यारेजमा गाडी चलाउन रोक

महाकालीमा पानीको बहाब १ लाख क्युसेक नाघ्यो, शारदा ब्यारेजमा गाडी चलाउन रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको हो ।

“महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले भने ।

उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले १ लाख ९ हजार ९ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।