‘सारेगमप लिटिल च्याम्प’मा नेपालका प्रितम तेस्रो र आयुष चौथो


काठमाडौं – भारतीय टेलिभिजन जी टिभीबाट प्रसारण हुने रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो भएका छन् ।

शोको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । यस्तै अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् ।

फाइनलमा पुगेका ६ मध्ये प्रितमको प्रस्तुतिलाई अडिसनदेखि नै निर्णायक मण्डल र दर्शकले निकै मन पराएका थिए ।

४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका आचार्य कक्षा ६ मा पढ्दैछन् । उनको घर सुनसरीको इटहरी हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement