सराङकोटबाट देखिएको सूर्योदय र हिमाल (फोटोफिचर)

सराङकोटबाट देखिएको सूर्योदय र हिमाल (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखराको सराङकोटमा सूर्योदयको अवलोकन गर्न  आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पुग्ने गरेका छन्।समुद्री सतहदेखि १ हजार पाँच सय ९२ मिटर उचाइमा रहेको सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे , हिमचुली, लमजुङ हिमाललगायत हिमशृंखला, फेवाताल र पोखरा बजारको अवलोकन गर्न सकिन्छ।

सराङकोटबाट प्याराग्लाइडिङसमेत हुने भएकाले त्यसका लागि आउनेहरूका कारण पनि पर्यटक बढी देखिएका छन् । पोखरा घुम्न आउने सबैजसो पर्यटक सराङकोट नपुगी फर्किए भने पोखरा भ्रमण अपूरो हुन्छ। बिहानको समयमा सूर्योदयको अवलोकन गर्न सराङकोट पुग्ने गर्छन्। पश्चिमबाट जुन अस्ताएको केही समयमा नै पूर्वतिरबाट सूर्यको घेरो बस्न सुरु गर्छ। सूर्यको पहिलो किरण अन्नपूर्ण हिमशृङ्खलामा परेसँगै पोखरा उठ्न सुरु गर्छ।

सराङकोटबाट कुमारी हिमालको रुपमा परिचित माछापुच्छ्रेसँगै नमस्ते आकारमा देखिने फेवाताल र त्यहाँबाट देखिने पोखराको सुन्दर दृश्यले जो कोहीलाई पनि मोहित नपार्ने कुरै भएन।