छोटो समय कोटेश्वर प्रभागको इन्चार्ज भएपनि कार्यकाल सन्तोषजनक: इन्सपेक्टर वाइवा

छोटो समय कोटेश्वर प्रभागको इन्चार्ज भएपनि कार्यकाल सन्तोषजनक: इन्सपेक्टर वाइवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – महानगरीय प्रहरी प्रभाग कोटेश्वरको इन्चार्जबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भई जान लागेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) शुभद्रा वाइवालाई सरस्वती क्लव कोटेश्वरले सम्मान सहित विदाई गरेको छ ।

विहीबार सरस्वती क्लव कोटेश्वरले प्रहरी निरीक्षक शुभद्रा वाइवालाई सम्मानसहित  विदाई गरेको हाे । क्लवका अध्यक्ष एवम् अखिल नेपाल फूटवल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली तथा क्लवका उपाध्यक्ष एवम् एन्फाको सामाजिक उत्तरदायित्व समितिका अध्यक्ष उत्तम भण्डारीले प्रहरी निरीक्षक वाइवालाई क्लवको तर्फबाट संयुक्तरुपमा दोसल्ला ओढाएर सम्मानका साथ विदाइ गरे ।

 प्रहरी निरीक्षक वाइवाले आफ्नो कार्यकालमा कोटेश्वर क्षेत्रका स्थानीय क्लव तथा सामाजिक संघ संस्थासंग मिलेर गरेको कार्य प्रशंसनिय थिइन् । प्रहरी निरीक्षक वाइवाले छोटो समय कोटेश्वर प्रभागको इन्चार्जको रुपमा काम गर्न पाएतापनि आफ्नो कार्यकाल सन्तोषजनक रहेको भन्दै सहयोगीहरु सबैप्रति धन्यवाद व्यक्त गरिन् ।

कोटेश्वरको इन्जार्जमा काठमाडौं प्रहरी पसिर टेकुका घुमुआ प्रहरी इन्सपेक्टर राजन लामालाई पठाइएको छ ।प्रहरी निरीक्षक वाइवाले ८ महिना अघि कोटेश्वर इन्चार्जकाे कमाण्ड समालेकी थिइन् ।