काठमाण्डु – सर्वोच्च अदालतमा आइतबार पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्नामा बसेको कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको हो । हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको जनाइएको छ ।
गत बिहीबार मात्र आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका थिए । कानुन व्यवसायीले सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिँदै आएका छन् भने प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरिरहेका छन् ।




प्रतिक्रिया