सर्वदलीय बैठक : एमालेसँग छलफल गर्न सरकार तयार

सर्वदलीय बैठक : एमालेसँग छलफल गर्न सरकार तयार


काठमाण्डु – सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा छलफल गर्न तयार रहेको जनाएको छ ।

आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरुबको सर्वदलीय बैठकपछि बालुवाटारमा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रतिपक्षले उठाएको विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका हुन् । बैठकमा संघीय संसद अवरुद्ध हुँदा नियमित काम र भूमिका प्रभावित भएकोबारे छलफल भएको उनले जानकारी दिए ।

‘संसदलाई लामो समय बन्धक बनाउनु राम्रो होइन, शशक्त प्रतिपक्ष हुनुपर्छ भन्दैमा संसद चल्न नदिने भन्ने हुँदैन’ उनले भने,’ ‘संसद निरन्तर अवरुद्ध हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्नेबारे बैठकमा छलफल भयो । एमालेले उठाएको विषयमा छलफल गर्न सरकार तयार छ,’ उनले भने ।