संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै छ। बैठक दिउँसो १ बजे संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने छ।

नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक सञ्चालनका सन्दर्भमा आज सर्वदलीय बैठक राख्न लागिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रतिनिधि सभाको पहिलो बैठक भोलि दिउँसो २ बजे बस्दै छ। बैठकमा भोलिबाट सुरु हुने संसद् अधिवेशनबारे छलफल हुनका साथै सभामुख उपसभामुख चयन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ। रास्वपाले उपाध्यक्ष डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।

आज बस्ने सर्वदलीय बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संसद् सचिवालयका अधिकारी सहभागी हुनेछन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । ३८ सिटसहित कांग्रेस दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिष्ट पार्टी चौथो दल बनेको छ । यस्तै श्रम संस्कृति पार्टी ७ सिट ल्याएर संसद्को पाँचौं दल बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिट सहित छैटौं दल बनेको छ ।

सभामुख चयनअघि बैठक ज्येष्ठ सांसद अजुननसिंह केसीले सञ्जालन गर्नेछन्।