रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस-एमालेका शीर्ष नेता नजाने

रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस-एमालेका शीर्ष नेता नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका शीर्ष नेता सहभागी नहुने भएका छन् ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजनालाई सहभागिताका लागि आग्रह गरिएको थियो । तर, कांग्रेस र एमालेका शीर्ष नेताहरू उक्त सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन् ।

कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुने प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।

एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महस सहभागी हुनेछन् । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्नेछ ।

सर्वदलीय बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।