काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । आइतबार सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागि भएको छैन् ।
आजको बैठकमा संसदको अवरोध खुलाउने विषय र एमसीसी सम्झौता अनुमोदनका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।




प्रतिक्रिया