संसद् सचिवालयमा सर्वदलीय बैठक जारी

संसद् सचिवालयमा सर्वदलीय बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बसेको छ ।

बैठक दिउँसो एक बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा सुरू भएको हो ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ ।

सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । यसका अलावा राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास छ ।