सोमवार र मंगलवार सार्वजनिक बिदा

सोमवार र मंगलवार सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-जनैपूर्णिमा पर्वको सोमवार सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संघीय सरकारले जनैपूर्णिमा पर्व अवसरमा भदौ ३ गते सोमबार बिदा दिएको हो ।

यस्तै, बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते मंगलवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०७८ र २०७९ सालमा जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेकाले बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थिएन ।