भदौ ४ गते यी १३ जिल्लामा सार्वजनिक बिदा

भदौ ४ गते यी १३ जिल्लामा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।

बागमती सरकारले गाईजात्राका दिन बिदा दिने निर्णय गरेको हो ।

साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो।

मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।