अधिकृत र जवानहरुको मनोबल उच्च बनाउने काम गरेंं: सर्वेन्द्र खनाल


काठमाडौं – प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रहरी सेवाको ३० वर्षे अवधीमा प्रहरीकै शिर उँचो पार्न बाहेक कुनै सम्झौता नगरेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम र महानगरीय प्रहरी पहरा गण सामाखुसी परिसरमा नवनिर्मित ब्यारेक भवनको उद्घाटन गर्दै खनालले सेवा पश्चात् भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि आफू सदैव क्रियाशील रहने विचार व्यक्त गरे ।

उनले नागरिक समाजमा रहेर समेत संगठनको श्रीवृद्धिका लागि योगदान गर्ने बताए । खनालको मंगलबारै एक कार्यक्रमबीच विदाई हुँदैछ ।

खनालले कानुन कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी सबै प्रहरी कर्मचारीहरुले निष्ठापूर्वक एवं इमानदारिताकासाथ जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

संगठनको सुधार एवं आन्तरिक सुदृढिकरणको लागि आफू सदैव लागि परेको चर्चा गर्दै प्रहरी अधिकृत तथा जवानहरुको मनोबल उच्च बनाउनका लागि अनवरत रुपमा अगाडि बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement