सर्बियामा जारी आईपीयू सम्मेलन : १७१ राष्ट्रका सांसदलाई नेपाल भ्रमणको निम्तो

सर्बियामा जारी आईपीयू सम्मेलन : १७१ राष्ट्रका सांसदलाई नेपाल भ्रमणको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्बिया । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ ।

आईपीयूमा सहभागी हुन बेलग्रेड पुगेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डलले भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रबर्द्धन सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी रहेका छन् । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी छन् ।

नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य भएको आईपीयूको १४१ औं सम्मेलन अक्टोबर १७ सम्म चल्नेछ ।