ललिता निवास प्रकरणः तत्कालीन प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

ललिता निवास प्रकरणः तत्कालीन प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा ल्याउने प्रकृयामा संलग्न तत्कालीन प्रधानमन्त्रीसम्मलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो ।

सर्वोच्चको उक्त आदेशपछि पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल तथा डा. बाबुराम भट्टराईमाथि पनि अनुसन्धान हुने भएको छ । सर्वोच्चको आदेशमा भनिएको छ– ‘निर्णय गर्ने अथवा निर्णय प्रकृयामा सहभागी हुनेहरुलाई अनुसन्धानको दायरामा नल्याई अह्राए खटाएको काम गर्ने स्तरका कर्मचारी तथा सम्पत्ती लगानी गरी जग्गा खरिद गर्नेलाई मात्र अनुसन्धान केन्द्रित भएकाले यसले समग्र न्याय प्रणालीप्रतिको आम विश्वासलाई समेत जोखिममा पारेको छ ।’

सर्वोच्च अदालतका न्यायाधिशद्वय अनिलकुमार सिन्हा तथा कुमार चुँडालको संयुक्त इजलासले योगराज पौडेलको बन्दि प्रत्यक्षिकरण रिटमा आइतबार सुनुवाई गर्दै उक्त आदेश गरेको हो ।