विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वाेच्चमा


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दाको गरेको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वाेच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

एक साताअघि पनि आयोगले विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वाेच्चमै पुनरावेदन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement