काठमाण्डु-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकविरुद्ध तोकिएको स्थानहद आदेशमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो ।
जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाण्डुका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना काठमाण्डु उपत्यका छाड्न नदिने निर्णय गरेको थियो ।
सरकारले स्थानहद तोकेकोविरुद्ध अधिवक्ता डा. प्रेमराज सिलवालले रिट निवेदन दर्ता गरेका थिए ।




प्रतिक्रिया