बिदाका दिन पक्राउ परेकालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको निर्देशन

बिदाका दिन पक्राउ परेकालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सबै अदालत तथा निकायलाई निर्देशन दिएको छ ।

सार्वजनिक बिदा तथा कार्यालय समयका कारण २४ घण्टा नाघ्ने अवस्थाहरू देखिँदै आएको भन्दै सर्वोच्चले यस्ताे निर्देशन दिएको हो ।

उक्त व्यवस्था सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित निर्णयका आधारमा कार्यान्वयनका लागि उच्च, जिल्ला, श्रम, उपभोक्ता तथा विशेष अदालतहरूमा परिपत्रमार्फत पठाइएको छ ।

अब शनिबार र आइतबारका दिनमा समेत पक्राउ परेका व्यक्तिलाई कानुनी समयसीमाभित्र अदालतमा उपस्थित गराउनुपर्नेछ ।

अदालतको आन्तरिक तथा जिल्ला प्रशासन शाखाबाट जारी परिपत्रअनुसार नेपालको संविधान को धारा २० को उपधारा (३) मा उल्लेख भएअनुसार पक्राउ गरिएको व्यक्तिलाई २४ घण्टाभित्र सम्बन्धित न्यायिक अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने व्यवस्था छ ।

यसका लागि बिदाका दिनमा पनि आवश्यक अनुमति तथा स्वीकृति दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै, मुद्दा दर्ता, थुनछेक तथा अन्य आवश्यक न्यायिक प्रक्रिया निरन्तर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।