संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अर्को सुनुवाइ वैशाख ३ गतेलाई तोकियो

संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अर्को सुनुवाइ वैशाख ३ गतेलाई तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिटको सुनुवाइ फेरि हेर्दैहेर्दैमा राखेर पेसी तोकिएको छ।

आज बुधबार भएको सुनुवाइमा रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितले बहस गरिसकेपछि अर्को पेसी वैशाख ३ लाई तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ।

आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रुपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए ।

तर, इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक काम पनि भएकाले दैनिक रुपमा सुनुवाइ गर्न कठिनाइ भएको जवाफ दिएका थिए ।