सर्वोत्तम पेन्ट्सको आइपिओमा २८ लाख २३ हजार बढी आवेदकको हात खाली

सर्वोत्तम पेन्ट्सको आइपिओमा २८ लाख २३ हजार बढी आवेदकको हात खाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोत्तम पेन्ट्सको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ ।

७० हजार ५ सय ५० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

२८ लाख २३ हजार ६ सय ८२ आवेदकको हात खाली भएको छ । कम्पनीको ३३ हजार १ सय ८० कित्ता सेयर खरिदका लागि २८ लाख ९४ हजार २ सय ३२ जनाले आवेदन दिएका थिए ।

४४ हजार २ सय ७ आवेदन रद्द भएको बिक्री भएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले गत जेठ २८ देखि असार २ गतेसम्म सर्वसाधारणहरूका लागि आइपिओ बिक्री गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ७ करोड ५ लाख ५० हजार रूपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो ।

आईपिओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सकिनेछ ।