श्रद्धाञ्जलिका लागि बाँस्तोलाको पार्थिव शरीर १:३० देखि पार्टी कार्यालयमा राखिने

श्रद्धाञ्जलिका लागि बाँस्तोलाको पार्थिव शरीर १:३० देखि पार्टी कार्यालयमा राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार राति निधन भएका नेपाली कांग्रेसका दिवंगत नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कांग्रेस पार्टी कार्यालय सानेपामा राखिने भएको छ।

अहिले बाँस्तोलाको पार्थिव शरीर उनकै निवास खुमलटारमा राखिएको छ। बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालयमा राखिने उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए।

बास्तोलाको आइतबार अपरान्ह ४ बजेपछि अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने काफ्लेले बताए। बाँस्तोलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले खुमलटारस्थित निवासमा राखिएको छ। बास्तोलाको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन शुभेच्छुक, काँग्रेस नेता, कार्यकर्ताहरु भेला भएका छन