‘सारेगमपा लिटल च्याम्प’को फाइनलमा आयुष र प्रितम


काठमाडौं – भारतीय टेलिभिजन जी टिभीद्धारा सञ्चालित बाल गायन रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’ को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल (उत्कृष्ठ छ जना)मा पर्न सफल भएका छन् ।

उत्कृष्ठ नौ जनाका अन्य सहभागीलाई उछिन्दै केसी र आचार्य दुबै फाइनलमा पुगेका हुन् । उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका छन् । फाइनल नतिजा आगामी शनिबारको पर्फर्मेन्स बाट निर्धारण हुने जीटीभीले जनाएको छ ।

सेमीफाइनलको प्रस्तुतीमा प्रितमले सलमान खान र ऐश्वर्या राय अभिनित चलचित्र ‘हम दिल दे चुके सनम’ बाट इस्माइल दरबार को संगीत र केकेको स्वर रहेको ‘तड़प तड़प के इस दिलमे’ गीत गाएका थिए । आयुष ले ‘क्रिमिनल’ चलचित्रको कुमार सानुले गाएको ‘तुम मिले दील खिले’ गीत गाएका थिए ।

प्रतियोगितामा भारतभरिका कुल २० हजारभन्दा बढि बाल प्रतिभा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement