सरिता गिरीले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी

सरिता गिरीले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सांसद सरिता गिरीलाई समाजवादी पार्टीले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । उनले आफ्नो प्रस्ताव फिर्ता नलिए कारवाही गर्ने पार्टीले निर्णय गरेको छ ।

संसदीय दलका प्रमुख सचेतकमार्फत संशोधन प्रस्ताव फिर्ता गर्नका लागि पत्राचार गरिसकिएको र फिर्ता नलिए गिरीलाई कारवाही गरिने पार्टीले जनाएको छ ।

संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।

पार्टीको नीति विपरित परिमार्जित नक्सासम्बन्धी सरकारले ल्याएको संविधान संशोधनमाथि नै संशोधन प्रस्ताव दर्ता गराएपछि पार्टीका उपलब्ध नेताहरुको आकस्मिक बैठक बसी सो निर्णय गरेको हो ।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर बैशाख ७ गते नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूचिमा भएको निशान छापमा अंकित नक्सा पनि सोहिअनुसार परिमार्जन गर्न संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रियामा छ ।