एक महिनाको भाडा मिना गर्न घरधनिलाई सरकारको आग्रह

एक महिनाको भाडा मिना गर्न घरधनिलाई सरकारको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले एक महिनाको घरभाडा मिना गर्न घरधनिहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।

घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ । अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् । यस्तै सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन समेत निर्देशन दिएको छ ।