वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित

वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाण्डु- सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

वार्ता समितिले आजै आन्दोलनरत निजामती कर्मचारीसँग वार्ता गर्ने तय गरेको छ । सङ्घीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीले आज सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका थिए ।