काठमाडौं र पोखरामा सरकारविरुद्ध प्रर्दशन (फोटोफिचर)

काठमाडौं र पोखरामा सरकारविरुद्ध प्रर्दशन (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारविरुद्ध आन्दोलन सुरु भएको छ। बिहीबार बिहानैबाट काठमाडौं र पोखरामा आन्दोलन भएको हो ।

कोरोना भाइरस नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।

पोखरामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पोखराको राष्ट्र बैंक चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्रीका कारण जनताले दुःख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

प्रहरीले प्रर्दशनकारीहरुमाथि पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीले काठमाडौंमा  केही प्रदर्शनकारीहरुलाई पक्राउसमेत गरेको छ । पोखरामा शान्तीपूर्ण प्रर्दशन भइरहेको छ ।

विवेकशील नेपाली दलकी जमुना शर्माले कोरोना भाइरसको महामारीको बेला सरकार समझदार हुनुपर्ने बताएकी छन् ।

‘यस अवधिमा सरकार धेरै समझदार हुनुपर्दछ । अन्यथा हामीहरु आन्दोनलनका विभिन्न चरणमा जानेछौं’, उनले भनिन् ।

उनले सरकारको यो विरोध कुनै राजनैतिक समूहले नगरेको र युवाहरु स्वतस्फूर्त रुपमा सरकारको विरोधमा उत्रिएको बताइन् ।यो आन्दोलनको नेतृत्व व्यक्तिगत रुपमा युवाहरुले गरेका हुन् ।

फोटो: जमुना शर्मा