सरकारी प्रतिनिधिसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने

सरकारी प्रतिनिधिसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज पुनः वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज पुन : छलफल गर्ने भएका हुन् ।

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान-मजदुर संघर्ष समितिबीच सोमबार पनि बार्ता हुन लागेको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषकाे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ । पहिलो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः सोमबार वार्तामा बस्ने उनले जानकारी दिए ।