काठमाडौं – प्रमुख विपक्ष दल नेपाली कांग्रेसले सरकारले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको आरोप लगाएको छ ।
कांग्रेस सांसद राधेश्याम अधिकारीले सरकारलाई काठमाडौं उपत्यका भित्र १० वटा भन्दा बढि मेडिकल कलेज खोल्न दिने गरी ल्याएको विधेयकको औचित्य पुष्टि गरेर देखाउन पनि चुनौती दिए।
राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव पेश गर्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले डा. केसीको माग माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन होस् भन्ने भएको बताए ।उनले प्रश्न गरे, ‘माथेमा कार्यदलको प्रतिवेदन किन कार्यान्वयन गर्न सकिएन ? के सरकारले अर्को कार्यदल बनाएको छ ? छैन भने त्यसलाई किन नकारियो ?
सत्य नलड्ने तर, शक्तिसँग नझुक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति सही भएको भन्दै कांग्रेस सांसद अधिकारीले भने, ‘सरकारले जवाफ दिनुपर्छ गोविन्द केसी को हो ? के हो ? सत्यको प्रतिक हुन् कि शक्तिको दम्भी ? सांसद अधिकारीले वरिष्ठ चिकित्सक गोविन्द केसीले सबै नागरिकको मेडिकल कलेजमा सहज पहुँच पुगोस् भनेर गरेको आन्दोलनलाई निस्तेज पार्न खोजको भन्दै आपत्ति समेत जनाए।




प्रतिक्रिया