सरकारले गाडी खरिद नगर्ने

सरकारले गाडी खरिद नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सरकारले आगामी आर्थिक वर्षमा नयाँ गाडी खरिद नगर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै नयाँ गाडी तथा फर्निचर खरिद नगर्ने निर्णय भएको जानकारी दिए।

यस्तै, सरकारले खर्च व्यवस्थापन गर्न इन्धन खर्च नगद रुपमै हस्तान्तरण गर्ने भएको छ। सार्वजनिक निकायको नयाँ दरबन्दी सेवा नगर्ने भएको छ। सवारी साधनको सुविधा पाउनेलाई गाडीको सट्टा नगदै दिने व्यवस्थाको सुरु गर्ने भएको छ।